नेपाल इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

यस शेयरमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।​

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै