काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेको छ। कम्पनीको फागुन ११ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले पारित गरेको १२ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो ।
कम्पनीका अनुसार माघ २४ गतेसम्म कायम शेयरधनीहरूको डिम्याट खातामा उल्लेखित बैंक खातामा उक्त रकम (कर बाहेक) पठाइएको छ ।
बैंक खाता अद्यावधिक गर्न आग्रह
हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका वा हालसम्म शेयर अभौतिकीकरण (Demat) नगरेका शेयरधनीहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ। खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने जानकारी दिइएको छ ।
माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूको हकमा भने केही फरक प्रक्रिया तोकिएको छ:
त्यस्ता शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘एनओसी’ (NOC) वा फुकुवा पत्र पेश गर्नुपर्नेछ । पत्र प्राप्त भएपछि मात्र उनीहरूको खातामा लाभांश पठाइने कम्पनीले स्पष्ट पारेको छ ।