काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो देशव्यापी पहुच विस्तार गर्दै गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको चन्द्रौटामा दुई नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेको छ । यस विस्तारले विश्वसनीय बीमा सुरक्षा सेवा देशभर सहज रूपमा उपलब्ध गराउने मेटलाइफ नेपालको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
यी नयाँ कार्यालयहरूको सञ्चालन मेटलाइफ नेपालको वित्तीय सुरक्षालाई व्यक्ति, परिवार तथा व्यवसायसम्म अझ नजिक पुर्याउने निरन्तर प्रयासको अर्को महत्वपूर्ण उपलब्धि हो । स्याङ्जा र चन्द्रौटामा सेवा विस्तारसँगै अब त्यहाँका ग्राहकहरूले बीमा सम्बन्धी परामर्श, व्यावसायिक सहयोग तथा सहज सेवा सुविधा लिन टाढाका सहर धाउनुपर्ने आवश्यकता रहने छैन ।
स्याङ्जा र चन्द्रौटा कार्यालयहरूले बीमा परामर्श, प्रस्ताव दर्ता सहयोग, प्रिमियम संकलन तथा ग्राहक सेवा सहयोग लगायतका सम्पूर्ण बीमा सेवाहरू प्रदान गर्नेछन्। । मेटलाइफ नेपालको व्यावसायिकता र ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिँदै यी कार्यालयहरूले स्थानीय स्तरमै गुणस्तरीय सेवा सुनिश्चित गर्नेछन्।
स्थानीय उपस्थितिमार्फत मेटलाइफ नेपालले ग्राहकसँग अझ गहिरो सम्बन्ध निर्माण गर्दै दीर्घकालीन वित्तीय सुरक्षाको योजना बनाउन व्यापक समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
यस अवसरमा मेटलाइफ नेपालका जेनेरल मेनेजर निर्मल काजी श्रेष्ठले भने ,“एजेन्सी कार्यालयहरूको विस्तारमार्फत हामी थप नेपालीलाई आत्मविश्वासी भविष्य निर्माण गर्न सहयोग गर्ने मेटलाइफ नेपालको उद्देश्यसँग समन्वय गर्दैछौं । विश्वसनीय बीमा समाधानमा सहज पहुँच हुँदा स्थानीय समुदायले सूचित निर्णय लिन र आर्थिक रूपमा अझ सबल बन्न सक्ने विश्वास हामी राख्दछौं ।”
यी नयाँ कार्यालयहरू मेटलाइफ नेपालको देशव्यापी पहुँच विस्तार गर्ने दीर्घकालीन रणनीतिको हिस्सा हुन् । जसले नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने नागरिकलाई पनि सुरक्षा र मानसिक शान्ति सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।