एशियन लाइफको सीइओमा श्रेष्ठको निरन्तरता

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश लाल श्रेष्ठको कार्यकाल थपिएको छ । उनी दोस्रो कार्यकालका लागि सीइओमा दोहोरिएका हुन् ।

गत मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीइओ श्रेष्ठलाई नै थप एक कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । यद्यपि, नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी रहेको कम्पनी स्रोतले जनाएको छ ।

उनी २०७७ माघ १ गते कम्पनीको सीइओ बनेका थिए । उनको पहिलो कार्यकाल यही पुस मसान्तमा सकिँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै