एलआईसी नेपालको हकप्रद भर्ने आज अन्तिम

काठमाण्डौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ८८.४५१६८ प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज बुधबार अन्तिम दिन हो ।

इन्स्योरेन्स कम्पनीले मंसिर १२ देखि १० बराबर नयाँ ८.८४५१६८ कित्ता शेयर अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आज पुस १७ गते बुधबार कार्यालय समयभित्र हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक ९ गते बुकक्लोज गरेको थियो ।

हकप्रद शेयरमा सीडिएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप, मेरो शेयरको वेवसाइटबाट अनलाईन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि हकप्रद भर्न सकिनेछ ।

हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पुँजी हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात ५ अर्ब रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै