नेको इन्स्योरेन्सको साधारण सभा सुरु, लाभांश पारित हुँदै

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा  सुरु हुँदैछ । कम्पनीको ३० औं साधारण सभा आज बिहान ११ बजे काठमाडौँ नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले गत माघ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै