एनएलजी इन्स्योरेन्सको २०औँ साधारण सभा सम्पन्न: ७.३६% लाभांश पारित, शाह र डा. थापा सञ्चालकमा पुन: निर्वाचित

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको गैह्रिधारास्थित सिल्भर ओक ब्याङ्केटमा सफलतापूर्वक सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बिमलप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीहरूका लागि कुल ७.३६८४ प्रतिशत लाभांश पारित गरेको छ । प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित बाँकी ३.३६८४% नगद लाभांश रहेको छ ।

साधारण सभाले सर्वसाधारण सेयरधनी (समूह ‘ख’) को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा शालिनी राणा शाह र डा. भरतकुमार थापालाई पुनः निर्वाचित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय अनुसूचीहरू छलफल गरी पारित गरेको छ । साथै, सभाले कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत तोकेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही अनुरूप परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।

सभामा सहभागी सेयरधनीहरूले कम्पनीको प्रगति र व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै