सरकारले एडीबी र विश्व बैंकको साढे १८ करोड डलर ऋण स्वीकार गर्ने

काठमाडौँ ।  सरकारले एसियाली विकास बैंक र विश्व बैंकसँग साढे १८ करोड अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

यसअनुसार अर्थ मन्त्रालयबाट डिजिटल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैंकले प्रदान गर्ने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर जम्मा ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै