ब्रिटिस कलेजमाथि सीआईबीले थाल्यो अनुसन्धान, शैक्षिक कार्यक्रम रद्द गर्ने तयारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापाथलीस्थित द ब्रिटिस कलेजमाथि अनुसन्धान सुरु गरेको छ। दुबईमा इन्टर्नसिप गराउने भन्दै विद्यार्थीहरुसँग ठगी गरिरहेको घटना बाहिरिएपछि सीआईबीले अनुसन्धान थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका सल्लाहकार अभिषेक घिमिरेले सीआईबीले अनुसन्धान सुरु गरेको पुष्टि गरे । उनले विद्यार्थीहरुलाई ठगी गरिरहेको पाईए पछि सीआइबीले आफनो तरिकाले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

उता, शिक्षा मन्त्रालयले ब्रिटिस कलेजले अनुमति नलिईकन पढाइरहेको विषय नै खारेज गर्नेदेखि स्नातक तहसम्मका शैक्षिक कार्यक्रम रद्द गर्ने तयारी गरेको छ ।

‘विद्यार्थीहरुको उजुरीपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनले भने अनुसार कारबाही गर्ने तयारी हुँदै छ,’ सल्लाहकार घिमिरेले भने, ‘नेपालमा १ वर्ष पढाउने अनि विदेशमा गएर इन्टर्नसिप लिने भन्ने शैक्षिक कार्यक्रमको अनुमति मन्त्रालयबाट लिइएको छैन। यस्ता कार्यक्रम खारेज हुन्छ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै