टक्सार पिखुवाखोला हाइड्रोको आईपीओ वैशाख २३ देखि खुल्ने

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो ।

शेयर निष्काशनको विवरण:

कुल निष्काशन: कम्पनीले कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

विभाजन: कुल निष्काशन हुन लागेको शेयरमध्ये ५ प्रतिशत (१ लाख ५१ हजार ५३३ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (६० हजार ६१३ कित्ता) कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अंकित मूल्य: प्रतिशेयर १०० रुपैयाँ।

लगानीकर्ताले जान्नैपर्ने कुरा:

आवेदन दिने मिति: वैशाख २३ गतेदेखि छिटोमा वैशाख २८ गतेसम्म। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।

न्यूनतम र अधिकतम आवेदन: लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक: कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको पूँजी संरचना:

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत (४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ) बराबरको कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड भइसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै