काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेसँगै अब केही समयपछि नतिजा सार्वजनिक हुने तयारीमा छ।
रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: १ लाख १८ हजार आवेदकलाई शेयर
तपाईंले आवेदन दिनुभएको आईपीओ पर्यो कि परेन भन्ने कुरा तलका ३ वटा आधिकारिक माध्यमबाट सहजै हेर्न सक्नुहुनेछ:
१. सीडीएससीको ‘आईपीओ रिजल्ट’ वेबसाइटबाट
सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नकै लागि छुट्टै वेबसाइट सञ्चालन गरेको छ।
वेबसाइट: https://iporesult.cdsc.com.np/ मा जानुहोस्।
त्यहाँ रहेको ‘Select Company’ मा गई ‘Riz Line Energy Limited’ छनोट गर्नुहोस्।
आफ्नो १६ अंकको BOID (डिम्याट नम्बर) राख्नुहोस्।
‘View Result’ मा क्लिक गरेपछि नतिजा देखिनेछ।
२. मेरोशेयर (MeroShare) पोर्टलबाट
तपाईंले मेरोशेयरको वेबसाइट वा मोबाइल एप प्रयोग गरेर पनि नतिजा हेर्न सक्नुहुन्छ।
मेरोशेयर https://meroshare.cdsc.com.np/ मा लगइन गर्नुहोस्।
बायाँपट्टी रहेको मेनुमा ‘My ASBA’ मा क्लिक गर्नुहोस्।
त्यसभित्र ‘Application Report’ मा जानुहोस्।
रिज लाइन इनर्जीको छेउमा रहेको ‘Report’ मा क्लिक गर्नुहोस्। त्यहाँ ‘Allotted’ लेखिएको छ भने शेयर परेको बुझिन्छ, ‘Not Allotted’ भए परेको छैन।
३. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटबाट
बिक्री प्रबन्धक प्रभु क्यापिटलको आधिकारिक वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।
वेबसाइट: https://www.prabhucapital.com/ipo-allotment मा जानुहोस्।
कम्पनी छनोट गरी आफ्नो डिम्याट नम्बर राखेर नतिजा चेक गर्नुहोस् ।