रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड: १ लाख १८ हजार आवेदकलाई शेयर

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बिहान ९ बजे शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो ।क्यापिटलका अनुसार यस निष्काशनमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ लाख ३७ हजार ३०१ जनाको आवेदन मात्र योग्य ठहरिएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो। गोलाप्रथा मार्फत १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकी करिब २४ लाख १९ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ। आईपीओको नतिजा केही समयपछि आधिकारिक पोर्टलहरूबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

आयोजना विवरण:

यस कम्पनीले गोरखा र लमजुङको सिमानामा ९.०५० मेगावाट क्षमताको ‘सुपर चेपे खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। साथै, कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

नेतृत्व र लगानी:

डा. बसन्त गिरी अध्यक्ष रहेको यस कम्पनीको सञ्चालकहरूमा प्रदिपराज गिरी, नारायण कँडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का रहेका छन् भने डा. विनोद पोखरेल स्वतन्त्र सञ्चालक हुन् । कम्पनीमा संस्थागत लगानीकर्ताका रूपमा सोपान मल्टिपलको १० लाख कित्ता र मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै