प्रभु बैंकका ग्राहकलाई फिस टेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट

काठमाडौँ । पोखराको लेकसाइडस्थित फिस टेल लज र चितवनको अन्नपूर्ण जगतपुर लज प्रालिबीच प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८२ चैत २५ गते आयोजित एक कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्ट र फिस टेल लज तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट सेल्स एण्ड मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले समझदारीपत्रमा हस्ताक्षर गरे ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले यी लजहरूमा आवास (Accommodation) तर्फ विशेष संस्थागत छुट र खाना तथा पेय पदार्थमा १०% देखि १५% सम्म छुट प्राप्त गर्नेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै पनि विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ ।

प्रभु बैंकले हाल देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय पर्यटकीय सेवा सुलभ दरमा उपलब्ध गराउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै