आईपीएलमा हैदराबादको रोमान्चक जित: आज कोलाकाता र राजस्थान भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन मात्र बनाएको थियो । चेन्नईका लागि म्याथ्यु शर्टले सर्बाधिक ३४, आयुष मात्रेले ३० र सरफराज खानले २५ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ३ विकेट लिए भने नितिश कुमार रेड्डीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९४ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र हेईनरीच क्लासेनले ५९-५९ रन बनाएका थिए ।

त्यस्तै चेन्नईका बलर जामि ओभरटन र अन्शुल काम्बोजले ३-३ तथा मुकेश चौधरीले २ विकेट लिएका थिए । यो जितपछि सनराइजर्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ ।

त्यस्तै चेन्नईको भने ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ । आईपीएलमा आज कोलाकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै