भारतीय केरामा प्रतिबन्ध लगाएपछि केराको मूल्य दोब्बर

काठमाडौँ । पछिल्लो समय बजारमा केराको मूल्य करिब दोब्बर बढेको छ ।

गत वर्ष प्रतिदर्जन औसत १५० रूपैयाँमा पाइने केराको थोक मूल्य २२५ रूपैयाँ पुगेको कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँले जानकारी दिए । ‘होलसेल मूल्यकै अवस्था यस्तो छ भने खुद्रा मूल्य कस्तो होला ?’ उनले भने।

हामीले खुद्रा बजारमा हेर्दा एक दर्जन केरा २५० देखि ३०० रूपैयाँसम्म बिक्री भइरहेको पाइयो ।

पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध लगाइएकाले मूल्य बढेको बानियाँको भनाइ छ । उनका अनुसार बजारमा वैधानिक रूपले केरा नआए पनि पछिल्ला चार–पाँच महिनादेखि अवैध रूपमा भित्रिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै