गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

काठमाडौँ । प्रख्यात भारतीय गायिका आशा भोसलेको अन्त्येष्टि आज (सोमबार) गरिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिनेछ।

आशा भोसलेका छोरा आनन्द भोसलेले भनेका छन्, ‘मेरी आमा (आशा भोसले) लाई आज बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म कासा ग्रान्डे भवनमा अन्तिम श्रद्धाञ्जली दिन सकिनेछ ।’

उनका अनुसार अन्त्येष्टि अपराह्न ४ बजे हुनेछ। नेपाली गीतसमेत थुप्रै गाएकी आशा भोसले ९२ वर्षको उमेरमा आइतबार बितेकी थिइन् ।

हृदयाघात भएपछि शनिबार साँझ उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो ।

भारतीय संगीतकी ‘लिजेन्ड’ आशा भोसलेको ९२ वर्षको उमेरमा निधन: संगीतको एउटा स्वर्णिम युगको अन्त्य

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै