काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको हो ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका छन् । रनटाइम १३५ मिनेट रहेको चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपूत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारीलगायतको अभिनय छ ।
चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।