कलाकार बले हाजिरी जमानीमा रिहा

काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै