काठमाडौँ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पुस ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निश्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।
स्वीकृति पाएसँगै कम्पनीले ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो । सेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।