कस्तुरी फर्मास्युटिकल्सले १६ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल

काठमाडौँ । विगत १३ वर्षदेखि औषधि उत्पादन क्षेत्रमा सक्रिय कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर जारी गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल इनभेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई नियुक्त गरेको छ । आगामी चैत मसान्तभित्रै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिने कम्पनीको तयारी छ। आईपीओ जारी गरेपछि कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

वित्तीय अवस्था र लक्ष्य

कम्पनीले विगतमा आफ्ना शेयरधनीहरूलाई मुनाफाबाट लाभांश वितरण गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने लक्ष्य राखेको छ। पुस मसान्तसम्मको विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.९३ रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा वास्तविक नेटवर्थ ११२.८१ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

कम्पनीले आफ्नो वित्तीय भार कम गर्ने उद्देश्यले कर्जा भुक्तानीलाई पनि प्राथमिकता दिएको छ। हाल कम्पनीको कर्जा घटेर २४ करोड रुपैयाँमा झरेको छ ।

अनुभवी नेतृत्व

कस्तुरी फर्मास्युटिकल्सको नेतृत्व औषधि क्षेत्रका अनुभवी व्यवसायीहरूले गरिरहेका छन् । कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक ईश्वर भण्डारी विगत तीन दशकदेखि यसै क्षेत्रमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै