प्रधानमन्त्री कार्कीद्वारा स्वर्गीय मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण

भक्तपुर । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा पुगेर उनका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्की र उनका पति दुर्गा सुवेदी आइतबार ओली निवास पुगेका हुन् । सो क्रममा उनीहरूले स्वर्गीय मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना समेत गरेकी छिन् ।

May be an image of dais

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै