चितवन राइनोजका बलर रिजन ढकालले जिते कार

काठमाडौँ । चितवन राइनोजका बलर रिजन ढकालले कार जितेका छन् । तेस्रो संस्करणको एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन् ।

उनले प्रतियोगितामा १७ विकेट लिए । यसअघि पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरीले तथा दोस्रो सिजनमा रोहित पौडेलले कार हात पारेका थिए ।

ढकालले  प्रतियोगिताभर १७ विकेट लिएर ‘गोल्डेन क्याप’ पनि जितेका छन् । चितवन राइनोजको बलिङ आक्रमणमा निरन्तर प्रभावशाली प्रदर्शन गरेका ढकालको टोली भने एलिमिनेटरबाट बाहिरिएको थियो ।

राहुल यादव ‘इमर्जिङ प्लेयर’ घोषित

जनकपुर बोल्ट्सका बलर राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको ‘इमर्जिङ प्लेयर’ घोषित भएका छन् । शनिबार (मंसिर ५) राहुललाई तेस्रो सिजनको इमर्जिङ प्लेयर घोषित गरिएको हो । उनले पुरस्कारस्वरूप एउटा मोटरसाइकल प्राप्त गरे ।

यसअघि कुनै पनि घरेलु प्रतियोगितामा उपस्थिति नजनाएका राहुल यस सिजन सबैको ध्यान तान्न सफल भए । ट्यालेन्ट हन्टबाट टिममा परेका उनीले उत्कृष्ट बलिङ गरे ।

उनी यस सिजनका सर्वाधिक विकेतकर्ताको शीर्ष पाँचमा छन् । १२ विकेटसहित उनी चौथो स्थानमा रहे ।

‘डेब्यु’ खेलमै कर्णाली याक्सविरुद्ध दुई विकेट लिएका थिए । लिग चरणको उक्त खेलमा उनले दुई विकेटका निम्ति १५ रन खर्चंदै उत्कृष्ट बलिङको नमुना पेस गरेका थिए ।

त्यसपछि उनले काठमाण्डू गोर्खाविरुद्ध चार विकेट लिएका थिए । त्यसमा उनी ‘प्लेयर अफ द म्याच’ पनि भएका थिए । उनको टोली समूह चरणमै सीमित भएको थियो ।

युवराज सम्राले जिते ‘प्लाटिनम क्याप’

पोखरा एभेन्जर्सका ओपनर युवराज सम्रा नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनका ‘प्लाटिनम क्याप’ विजेता बनेका छन् । शनिबार (मंसिर ५) क्यानडाका सम्रालाई प्लाटिनम क्यापबाट पुरस्कृत गरिएको हो ।

सम्रा यस सिजनका सर्वाधिक रनकर्ता हुन् । उनले सर्वाधिक व्यक्तिगत २९४ रन बनाए । उनी पहिलो शतककर्ता पनि हुन् । उनले कर्णाली याक्सविरुद्ध १०२ रनको अविजित शतकीय पारी खेलेका थिए ।

यसपालि मात्र चार खेल खेलेका उनले एक शतकसहित दुई अर्धशतक प्रहार गरे । त्यसक्रममा उनले २९ चौका र १६ छक्का प्रहार गरेका थिए ।

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै तेस्रो सिजनको उपाधि जितेको छ । टोलीको जितमा ओपनर जर्ज मुन्सेले १२६ रनको अविजित शतकीय पारी खेले ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै