

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिताभर १७ विकेट लिएर ‘गोल्डेन क्याप’ जितेका छन् ।
चितवन राइनोजको बलिङ आक्रमणमा निरन्तर प्रभावशाली प्रदर्शन गरेका ढकालको टोली भने एलिमिनेटरबाट बाहिरिएको थियो । प्रतियोगिता सकिँदा सर्वाधिक विकेट लिने बलरको सूचीमा च्याम्पियन सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १५ विकेटसहित दोस्रो स्थानमा रहे ।
चितवनकै अर्का बलर कमलसिंह ऐरी १३ विकेटसहित तेस्रो स्थानमा रहे । जनकपुर बोल्ट्सका राहुल यादव र काठमान्डु गोर्खाजका जहानदाद खानले समान १२ विकेट लिएर क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरे ।
जहानदादले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत २ लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेका छन् ।