म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा फर्कियो, हालान्ड बने नायक

काठमाडौँ । म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ७० अंक भएको छ र समान ७० अंक रहेको आर्सनलसँग बढी गोल गरेका कारण शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै बर्नलीको भने यो हारपछि रेलिगेसनमा पर्ने निश्चित भएको छ । बर्नलीको ३४ खेलमा २० अंक रहेको छ र १९औं स्थानमा रहेको छ । यस सिजनमा बर्नलीसँगै वोल्भ रेलिगेसनमा पर्ने निश्चित भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै