सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन: प्रवक्ता पोखरेल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

पोखरेलले सुकुम्वासीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने योजनासहित सरकारले आवश्यक प्रक्रिया बढाइसकेको पनि बताएका छन् । उनले जबरजस्ती बल प्रयोग गरेर हटाउने योजना पनि सरकारको नरहेको उल्लेख गरेका छन्।

पोखरेलले वर्षेनि डुबानको जोखिम भइरहने सुकुम्बासी बस्ती स्थानान्तरण गरेर व्यवस्थित रुपमा राखिने पनि बताएका छन् । उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन गर्ने तयारी गरिसकेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै