Close This

ऋषि धमलाको रिपोर्टर्स क्लबमा ताला

काठमाडौँ । समाज कल्याण परिषदले पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबमा ताला लगाएको छ । परिषदले उनले वर्षौंदेखि भाडा नतिरेको भन्दै भृकुटी मण्डपस्थित कार्यालयमा ताला लगाएको हो ।

पत्रकार धमलाले परिषदको कार्यालयलाई भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका थिए । सोमबार सो कार्यालयमा भाडा नतिरेको भन्दै ताला लगाइएको हो ।

रिपोर्टर्स क्लबसँगै परिषद अन्तर्गत रहेका भृकुटीमण्डपमा रहेका २० वटा स्टलमा तालाबन्दी गरिएको छ ।

भाडा नतिर्ने ५६ वटा स्टलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै