काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो साताको शुक्रबार फागुन २९ गते प्रतितोला ३ लाख १४ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता भारी गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार नै सुनको मूल्य अघिल्लो दिन (२९ गते शुक्रबार)को तुलनामा भारी गिरावट हुँदै तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
सोमबार सुनको मूल्य १०० रुपैयाँ बढ्दै तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिँदा मंगलबार थप ४०० सय रुपैयाँ बढेको थियो । योसँगै मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ लाख ९ हजार ९०० कामय भएको थियो ।
बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्दै ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । बिहीबार सुनको मूल्यमा पहिरो जाँदा तोलामा ५ हजार ४०० रुपैयाँले घटेको थियो । योसँगै सुन मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा थप भारी गिरावट भएको थियो । शुक्रबार सुनको मूल्य थप ७ हजार ८०० रुपैयाँले घटेसँगै तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कामय भएको थियो । साताभर सुनको मूल्यमा तोलामा १९ हजार ७०० रुपैयाँका गिरावट भएको छ ।