काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।
सुनको मूल्य विवरण
महासङ्घले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ तोकेको छ। गत शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एकैपटक ४ हजार ८०० रुपैयाँले सस्तिएको हो।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार २६० रुपैयाँ कायम भएको छ, जुन शुक्रबार २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ओरालो
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार ४९५ रुपैयाँ रहेको चाँदी आइतबार २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँमा झरेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ५१८ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ ।