टक्सार पिखुवा खोलाको आईपीओ खुल्यो: को-को हुन् योग्य ?

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको हो ।

निष्कासन विवरण

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। हालको निष्कासन यस प्रकार छ:

स्थानीय बासिन्दा (भोजपुर जिल्ला): १२ लाख कित्ता

वैदेशिक रोजगारीमा रहेका नेपाली: ३ लाख ३ हजार ६७ कित्ता

सामूहिक लगानी कोष: १ लाख ५१ हजार ५३३ कित्ता (सुरक्षित)

कर्मचारीहरू: ६० हजार ६१३ कित्ता (सुरक्षित)

बाँकी कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

आवेदन दिने सीमा र मिति

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

समूह निष्कासन बन्द हुने मिति (छिटोमा) निष्कासन बन्द हुने मिति (ढिलोमा)
वैदेशिक रोजगारी चैत १ गते चैत ११ गते
स्थानीय बासिन्दा चैत ११ गते चैत २६ गते

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दा: आयोजना कार्यालय (भोजपुर), प्रभु बैंकका तोकिएका शाखाहरू (भोजपुर, प्याउली, हटुवागढी) र सिटिजन्स बैंकको भोजपुर शाखा।

वैदेशिक रोजगारीमा रहेका नेपाली: सि-आस्बा (C-ASBA) प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट।

वित्तीय अवस्था र रेटिङ्ग

केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी प्लस (CareNP BB+)” रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै