काठमाडौँ । सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) लाई पराजित गरेका हुन् । उनले २७ हजार २४९ मत प्राप्त गरेकी थिइन् । साम्पाङले ८ हजार ४९२ मत अन्तरले तामाङलाई पराजित गरेका छन् । सुनसरी- १ मा कुल ८७ हजार ४७१ मत खसेको थियो ।
योसँगै श्रम संस्कृति पार्टीले २ सिटमा जित हासिल गरेको छ । यसअघि खोटाङबाट आरेन राईले १६ हजार ६१२ मत प्राप्त गरेर जित हासिल गरेका थिए । श्रम संस्कृति पार्टी अब एक स्थान भोजपुरमा अगाडी रहेको छ ।
बालेनको टिप्पणी- तपाई र धरानलाई सधै माया छ !
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१ बाट विजयी भएपछि बालेन शाहले बधाई दिदै सधै माया रहने बताएका छन् ।
साम्पाङले गरेको चुनाव जितेको पोष्टमा कमेन्ट गर्दै बालेनले माया सधै थियो, छ र रहने बताएका हुन् । उनले भनेका छन्- ‘तपाइँलाई सधै माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सधै माया छ ।’
जेनजी आन्दोलनपछि बालेनले आफुलाई प्रधानमन्त्री बनाउन समर्थन नागेको भन्दै साम्पाङले भने उनको सधै आलोचना गर्दै आएका छन् । तर बालेनले भने पटक पटक आफुले साम्पालाई सधै माया गर्ने बताउदै आएका छन् ।
साम्पाङले सुनसरी- १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै रास्वपाकी उम्मेदवार गोमा तामाङ (सरिन) लाई पराजित गरेका हुन् ।
खोटाङमा श्रम संस्कृति पार्टीको खाता खुल्यो: आरेन राई निर्वाचित