खोटाङमा श्रम संस्कृति पार्टीको खाता खुल्यो: आरेन राई निर्वाचित

दिक्तेल (खोटाङ) । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा आफ्नो पहिलो जित दर्ता गर्दै खाता खोलेको छ । खोटाङ निर्वाचन क्षेत्र नम्बर १ बाट सो पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईलाई ३ हजार ८९८ मतको अन्तरले पराजित गरे । एमालेका उम्मेदवारले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।

प्रमुख उम्मेदवारहरूको अन्तिम मत विवरण:

उम्मेदवार दल प्राप्त मत
आरेन राई श्रम संस्कृति पार्टी १६,६१२
देवबिक्रम राई नेकपा एमाले १२,७१४
वीरकाजी राई नेपाली कांग्रेस ११,९५७
हरि रोका नेपाली कम्युनिस्ट पार्टी ९,४४३
रुद्र गिरी राष्ट्रिय स्वतन्त्र पार्टी ५,७०४

नयाँ शक्तिको उदय

खोटाङमा परम्परागत दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पार्दै श्रम संस्कृति पार्टीको जित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतका साथ तेस्रो स्थानमा रहे भने वामपन्थी बुद्धिजीवीका रूपमा चिनिएका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरे ।

यसअघि अन्य क्षेत्रमा बलियो देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुद्र गिरी भने यहाँ ५ हजार ७०४ मतका साथ पाँचौँ स्थानमा खुम्चिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केही बेरमा नवनिर्वाचित राईलाई विजयी भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै