काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ । मंगलबार (फागुन १२ गते) सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घट्दै ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।