एकैदिन सुनको मूल्य साढे १० हजार बढ्यो, आज कति पुग्यो?

काठमाडौँ । नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा दुई लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो । एकै दिन सुनको मूल्यमा भारी वृद्धि भएसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य दुई लाख ५३ हजार रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै