सुन चाँदीको भाउ हालसम्मकै महँगो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको भाउले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको हो ।  त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य आज २ लाख ३७ हजार ५५ रुपैयाँ कायम गरिएको छ ।

आजको बजार भाउ (प्रतितोला):

छापावाल सुन: रु २ लाख ७६ हजार ५०० रुपैयाँ (१८ सयले बढेको)

चाँदी: रु ५ हजार ३४० रुपैयाँ (१४५ ले बढेको)

चाँदी पनि हालसम्मकै महँगो

चाँदीको भाउमा पनि आज उल्लेख्य वृद्धि भएको छ । सोमबार ५ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १४५ रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५७८ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिका कारण नेपाली बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै