सुन र चाँदीको मूल्यमा उच्च वृद्धि: नयाँ रेकर्ड कायम गर्दै सुन २ लाख ७४ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २८ गते सुनको मूल्य प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाली सुनचाँदी बजारको इतिहासमा यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि पुस १३ गते कायम भएको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ कीर्तिमान रचेको महासंघले जनाएको छ ।

आजको बजार भाउ:

विवरण पुस २७ (आइतबार) पुस २८ (सोमबार) परिवर्तन (तोलामा)
सुन (प्रतितोला) रु २,७०,६०० रु २,७४,७०० रु ४,१०० (वृद्धि)
चाँदी (प्रतितोला) रु ४,९९० रु ५,१९५ रु २०५ (वृद्धि)

चाँदीमा पनि नयाँ रेकर्ड

चाँदीको मूल्यमा पनि लगातार दोस्रो दिन रेकर्ड बनेको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज २९५ रुपैयाँले बढेर ५ हजार १९५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र अन्य आर्थिक कारणहरूले गर्दा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै