साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ७.३८ अंकले घट्यो, पौने ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६ सय २१.२९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८१ कम्पनीको घटेको छ ।

शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । यसदि ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा दोल्ती पावरका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशतले बढेर ३ सय २७ रुपैयाँ पुगेको छ । मुक्तिनाथ म्युचुअल फन्ड २ का लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ८.५० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै