१८८ टोलीलाई ४८ हिमाल आरोहणको अनुमति, ३३ करोड ४२ लाख आम्दानी

काठमाडौं । सरकारले चालु आवमा १ सय ८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २ सय २६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५ सय जनाबाट २२ करोड ५८ लाख ५७ हजार १ सय ८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६ सय ५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १ सय ३० जनाबाट ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४ सय ७६ जना आरोहीले ७ करोड १३ लाख ४७ हजार १ सय रुपैयाँ सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् । रासस

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै