

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६ सय २८.६७ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीको घटेको छ ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको १६ करोड ७४ लाख २० हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा बोटलर्स नेपाल बलाजुका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट कलर्सका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ ।