गरिमा सुवर्ण योजनाको इकाईको बिक्री खुल्यो

काठमाडौँ । गरिमा सुवर्ण योजनाको इकाई आज फागुन २८ गतेदेखि बिक्री खुला भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

बिक्री खुला गरिएको मुल इकाइ मध्ये ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईको लागि र अधिकतममा ५० लाख इकाईसम्म माग गर्न सक्नेछन्। इकाईको निष्काशन बिक्री बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो एक खुलामुखी योजना हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि यस योजनाको इकाईमा आवेदन दिन सक्नेछन् ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै