काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको भाउ आज पुनः दुई हजार रूपैयाँले नै घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार यसको कारोबार प्रतितोला ३ लाख १९ हजार रूपैयाँमा भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। बुधबार प्रतितोला ५ हजार ७२० रूपैयाँमा कारोबार भएको चाँदी आज २ सय ५ रूपैयाँले घटेर प्रतितोला ५ हजार ५१५ रूपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा केही दबाब देखिएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ५ हजार १३८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।