गुडविल फाइनान्सको साधारणसभा आह्वान

काठमाडौँ । गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १० गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०८१/०८२ को नाफा- नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने।

३ . लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. स्वतन्त्र संचालक नियुक्तीको जानकारी सम्बन्धमा ।

५. विविध।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै