ग्लोबल मनी वीक २०२६: मन्जुश्री फाइनान्सद्वारा चितवनमा ‘प्रभातफेरि’ सहित विभिन्न कार्यक्रमको सुरुवात

काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सुरु गरेको छ । फाइनान्सले आफ्नो चितवन क्लस्टरअन्तर्गतका शाखाहरूबाट ‘प्रभातफेरि’ (मर्निङ वाक) आयोजना गर्दै यस साताको शुभारम्भ गरेको हो ।

यस वर्षको ग्लोबल मनी वीकको मूल नारा ‘स्मार्ट मनी टल्क्स’ (Smart Money Talks) रहेको छ । सोही अभिप्रायलाई आत्मसात् गर्दै फाइनान्सले साताभर आफ्ना सम्पूर्ण शाखाहरू मार्फत विभिन्न संघ-संस्था, युवा, विद्यालय तथा कलेजहरूमा वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिएको छ ।

फाइनान्सको वित्तीय अवस्था:

मन्जुश्री फाइनान्सले हालसम्म करिब २४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र २०.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। २८ वटा शाखा र एउटा विस्तारित काउन्टरमार्फत संस्थाले १ लाख ८७ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै फाइनान्सले आफ्ना ग्राहकका लागि यसअघि नै ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ (Manjushree Virtual Credit Card) को सेवासमेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै