पेट्रोल-डिजेलको मूल्य घट्यो, एलपी ग्याँसको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेलको मूल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलोलिटर ४६ डलरले बढाएको जानकारी दिएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० ले बढाएको निगमले जनाएको छ । यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१७, डिजल- मट्टीतेल प्रतिलिटर २२५ पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मूल्य आधा सिलिन्डरको १०८० रुपैयाँ र पूरा सिलिन्डरको मूल्य २१६० रुपैयाँ पर्ने निगमले जानकारी दिएको छ ।

निगमले यो समायोजनपछि निगमलाई पाक्षिक रुपमा १ अर्ब ८१ करोड रुपैयाँ घाटा रहेको बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै