काठमाडौँ । साताको चौथो कारोबार दिन सुनचाँदी दुबै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १४ हजार ६०० रुपैयाँले र चाँदीको भाउ तोलाको रुपैयाँले ४१५ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन मंगलबार सुनको भाउ तोलामै १६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन मंगलबार तोलामा ८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४५७१.६२ डलर तथा चाँदीको भाउ प्रतिऔंस ७३.४६ डलर हाराहारीमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतार-चढावका आधारमा नेपालमा सुनको भाउ निर्धारण हुँदै आएको छ । हप्तामा आइबारदेखि शुक्रबारसम्म ६ दिन नेपाल सुनचाँदी व्यवसायी मासंघ र नेपाल रत्न तथा आभुषणमहासंघले सुन चाँदीको दर कायम गर्दै आइरहेका छन् ।