राजस्व अनुसन्धानका पूर्वमहानिर्देशक विरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख घुस लिएको पुष्टि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि पदीय दुरुपयोग गरी ७० लाख रुपैयाँ घुस लिएको अभियोग लगाइएको छ ।

के थियो घटना ?

राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा अधिकारीले एचके इन्टरप्राइजेज विरुद्ध परेको राजस्व चुहावटको उजुरीलाई सामसुम पार्न उक्त रकम लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले मुद्दाबाट जोगिन अधिकारीलाई ७० लाख रुपैयाँ बुझाएका थिए ।

घुस रकमको प्रयोग

अख्तियारका अनुसार अधिकारीले लिएको उक्त घुस रकम व्यक्तिगत ऋण तिर्न र जग्गा खरिदमा प्रयोग गरेको भेटिएको छ । सोही आधारमा उनीविरुद्ध भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरण (Money Laundering) को कसुरमा समेत अनुसन्धान गरी मुद्दा अघि बढाइएको हो ।

अख्तियारले अधिकारीसँगै घुस दिने व्यवसायी श्रीकृष्ण श्रेष्ठलाई पनि प्रतिवादी बनाउँदै बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै