काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत भएको उक्त कम्पनीहरुको सेयर बुकक्लोजसम्म कायम रहेका सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबारमा आउनेछन् ।