चुनावी अभियानकै बीचमा बालेन काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पूर्वी नेपालको अभियानकै बीचमा काठमाडौँ आएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका उनी शनिबार काठमाडौँ आएका हुन्।

माघ ५ गते मधेस प्रदेशको राजधानी जनकपुरबाट अभियान सुरु गरेका शाह त्यसपछि झापा पुगेका थिए। झापामा माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएपछि उनी कोशी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका थिए।

भ्रमणका क्रममा शाहले इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटाका मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। कोशी प्रदेशमा रहँदा उनले औपचारिक सभा वा भाषण नगरी जनतासँग सीधा संवादमा जोड दिएका थिए।

केही दिनमा उनी फेरि चुनावी अभियानमै निस्कनेछन् । उनलाई फागुन २१ को निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै