काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ । बुधबार एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार भने ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला छापावाल सुनको भाउ २ लाख ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको थियो । यसअघि मंगलबार सुनको मूल्य तोलामा दुई लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो ।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य दुई लाख हजार ५१५ रुपैयाँ रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिन २ लाख ५३ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा ५ हजार ८७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ९२० रुपैयाँ थियो ।
यस्तै बुधबार ५ हजार ७५ रुपैयाँ ५० पैसा रहेको प्रति दश ग्राम चाँदीको भाउ बिहीबार घटेर ५ हजार ३२ रुपैयाँ ५० पैसा कायम भएको छ ।