दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ९ गते बुधबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले एनएमबि बैंकको ५ प्रतिशत र साना किसान (SKBBL) को १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनएमबिको शेयरमूल्य २४२ रुपैयाँ ७६ पैसा कायम भएको छ भने साना किसानको ७७१ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा एनएमबिको शेयर प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो भने साना किसानको ८८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यका आधारमा यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै