मोबाइल व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले आर्थिक वृद्धिको आधार मात्र नभई सामाजिक सम्बन्ध जोड्ने पुलको रूपमा समेत काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् ।

एमडीएमएस भित्रको भ्रष्टाचारको जालो च्यातिएरै छाड्छ

सरकारका प्रवक्ता समेत रह]का मन्त्री खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा देखिएका समस्या र यसभित्र रहेको भ्रष्टाचारको जालोलाई सरकारले उखेलेर फाल्ने दृढता व्यक्त गरे । “एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ, यसलाई च्यातिएरै छाडिन्छ,” उनले भने।

व्यवसायीका समस्याप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उgले लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरिरहेको यस क्षेत्रलाई व्यवस्थित बनाउन पहल गर्ने आश्वासन दिए ।

“हाम्रो होइन, राम्रो मान्छे खोजौँ”

मुलुकको बिग्रँदो स्थितिप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खरेलले युवा शक्ति -जेनजी_ पलायन भइरहेको अवस्थालाई सबै मिलेर रोक्नुपर्नेमा जोड दिए । उनले राजनीतिक विकृतिमाथि प्रहार गर्दै भने, “देश नबन्नुको मुख्य कारण व्यक्ति, गुट र ‘आफ्नो मान्छे’ खोज्ने प्रवृत्ति हो। अब अति भयो, भोट हाल्दा सोचौँ। एकपटकको गलत निर्णयले पाँच वर्ष पछुताउने अवस्था नआओस्।”

व्यवसायीका मागः एमडीएमएसको अन्योल र सेकेन्ड ह्यान्ड कारोबार

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीले व्यवसायीलाई अलमलमा पारेको भन्दै यो प्रणाली कि त पूर्ण रूपमा लागू गर्न, नभए खारेज गर्न माग गरे । उनले बजारमा पाइने मोबाइल र एसेसोरिजको गुणस्तर परीक्षणमा समेत कडाइ गर्न सरकारसँग आग्रह गरे ।

यस्तै, काठमाडौँ जिल्ला अध्यक्ष सुरेश बानियाँले ‘सेकेन्ड ह्यान्ड’ मोबाइलको कारोबारलाई कानुनी रूपमा वैध बनाउनुपर्ने सुझाव दिए । “पुरानो मोबाइलको कारोबारलाई वैध बनाउँदा राजस्व बढ्छ र पुँजी पलायन रोकिन्छ,” उनले भने। साथै, उनले नेपालमै उत्पादित मोबाइल एसेसोरिजलाई प्राथमिकता दिन सरकारको ध्यान आकर्षण गराए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै